काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

लमजुङ। अरिङ्गालले चिल्दा घाइते भई अस्पतालमा उपचाररत एकजनाको मृत्यु भएको छ।

आइतबार साँझ अरिङ्गालले चिलेर घाइते भएका लमजुङको बेँसीसहर नगरपालिका ११, चितिका ८२ वर्षीय यज्ञनिधि तिवारीको पुरानो मेडिकल कलेज चितवनमा गएराति उपचारका क्रममा मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद जोशीले जानकारी दिए । उनले भने, “बाटोमा हिँड्ने क्रममा कसैले जिस्काएको अरिङ्गाललले चिलेर घाइते हुनुभएको थियो, तत्काल उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लमजुङमा लगिए पनि थप उपचारका लागि आइतबार साँझ चितवन लगिएको थियो।”

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी राजकिशोर शाहले तिवारीको मृत्यु भएको तथा शवपरीक्षण चितवनमै हुने र त्यहीँबाट परिवारले बुझ्ने जानकारी दिए। -रासस