काठमाडौं। हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरुको नाम सार्वजनिक गरेको छ ।
प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, हमासले रिहा गर्न लागिएको २० जना बन्धकहरूको सूचीमा नेपालमा विपिन जोशीको नाम छैन ।
बीबीसीका अनुसार, सार्वजनिक गरिएको सूचीमा रहेका व्यक्तिहरूका नाम यसप्रकार छन्ः
बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ–चाइम ओहाना, सेगेव काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ (डलाल), रोम ब्रास्लाब्स्की र एरिएल कोनियो ।