काठमाडौं। हमासले सबै जीवित इजरायली बन्धकलाई रिहा गरेको जनाएको छ। मृत्यु भइसकेकाहरुको शव भने पछि हस्तान्तरण गरिनेछ।
इजरायली सञ्चारमाध्यमका अनुसार हमासले दक्षिणी गाजामा रहेको रेडक्रसलाई १३ इजरायली बन्धकको दोस्रो समूह हस्तान्तरण गरेको छ।
रेडक्रसका अधिकारीहरू यी बन्धकहरूलाई लिएर इजरायल आइपुगेका छन्। इजरायली सेनाले हमासद्वारा मुक्त गरिएका इजरायली बन्धकहरूको दोस्रो समूह आइपुगेको जनाएको। तर यो समूहमा नेपालका विपिन जोशी भने छैनन्।
यसअघि हमासले सोमबार बिहान सात इजरायली बन्धकको पहिलो समूह रेडक्रसका अधिकारीहरूलाई हस्तान्तरण गरेको थियो। इजरायली सेनाले केही बन्धकको पहिलो तस्बिर पनि जारी गरेको छ।
इजरायलले अब प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायली बन्धकहरूको बदलामा, इजरायलले २५० प्यालेस्टिनी कैदी र १७ सयभन्दा बढी गाजाका कैदीलाई रिहा गर्नेछ।
यो पनि…
हमासले बन्धकहरू रिहा गरेपछिका तस्बिर
हमासले सार्वजनिक गर्यो २० बन्धकको रिहा सूची, विपिन जोशीको छैन नाम