काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
अ+
अ-

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो मुलुकको सुरक्षामा कुनै सम्झौता नगरिने प्रतिक्रिया जनाएका छन्।

प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानको सुरक्षामा कुनै सम्झौता गरिने छैन । हरेक उत्तेजनाको कडा र प्रभावकारी जवाफ दिइनेछ।’ उनले आफ्नो भूमि आतंकवादी तत्त्वहरुले प्रयोग गर्न नसक्नेमा आफू सुनिश्चित रहेको जनाएका छन् ।

पाकिस्तान-अफगानिस्तान सीमामा पाकिस्तानी सुरक्षा बल र तालिबान सेनाबीच शनिबार राति झडप भएको थियो।

पाकिस्तानका अनुसार यी झडपमा आफ्ना २३ सैनिक मारिएका थिए। यद्यपि, तालिबानले आफ्नो ‘कारबाही’ मा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ।

तालिबानले यी झडपहरूमा आफ्ना नौ कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि रिपोर्ट गरेको छ। -बीबीसी