२७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। च्याम्पियन जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका महान ब्याटिङ हस्ती शिवनारायण चन्द्रपाललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।

जनकपुरले सोमबार विहान चन्द्रपललाई प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । चन्द्रपल वेस्ट इन्डिजका महान् ब्याटरमध्ये एक हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा २० हजारभन्दा बढी रन बनाएका उनले टेस्टमा ११ हजार ८ सय भन्दा बढी रन बनाएका छन् । यस्तै उनले ओडिआईमा ८ हजार ७०० भन्दा बढी रन बनाएका छन् ।

फर्स्ट क्लास क्रिकेटमा २७ हजार भन्दा बढी रन बनाएका उनी खेल जीवनपछि कोचिङमा सक्रिय छन् । यसअघि  उनले सीपीएल टोली जमैका तलाहवाजको प्रशिक्षक र अमेरिकी महिला टोलीको प्रशिक्षकको भुमिका निभाइसकेका छन् ।