काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा साढे तीन खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस्तो रेमिट्यान्स आप्रवाह गत वर्ष २०८०/८१ को पहिलो दुई महिनाको तुलनामा ३३.१ प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो। २०८२ भदौ महिनाको विप्रेषण आप्रवाह एक एक खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई दुई अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ थियो।