२८ आश्विन २०८२
अ+
अ-

काठमाडौं।  प्रहरीले काठमाडौं-१३ ताहाचलको पटाकाजन्य विस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा छापा मारेको छ।

मंगलबार अपराह्न ४ बजे प्रहरी टोलीले गोदाममा छापा मारेर पटाका बरामद गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

गोदाम भारतीय नागरिक ४८ वर्षीय सुनिल कुमारले भाडामा लिएर सञ्चालन गरेको पाइएको छ। कुमारलाई पक्राउ आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको आचार्यले बताए।

पटाका, लत्ताकपडा, खाद्यान्न भण्डारण गरिएको सूचनाका आधारमा प्रहरी टोली गोदाममा छापा मार्न पुगेको थियाे।

गोदामबाट प्रहरीले विस्फोटक पदार्थ, कपडा, खाद्यान्न तथा नगद बरामद गरेको छ। आचार्यका अनुसार १ हजार २७१ प्याकेट पटाका तथा आतिवबाजी, पाँच सय ग्राम पाउडर दुध १६० प्याकेट, टिसर्ट ३२० थान, काजी ४० किलो, नगद दुई लाख, भारु २५ हजार पाँच सय बरामद भएको छ।