काठमाडौं। साताको चौथो कारोबार दिन आज (बुधबार) सेयर बजार राताम्मे बनेको छ। २२.५८ अंकले घटेको नेप्सेमा २५०५.५८ विन्दुमा रोकिएको छ।
यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि २.९२ अंकले घट्दै ४३७.०२ अंकमा पुगेको छ। नेप्सेमा आज ३१८ वटा कम्पनीको ३५ हजार ७५० पटकको कारोबारमा ७६ लाख ११ हजार ६६० कित्ता सेयर किनबेच भए। जसअनुसार आज तीन अर्ब १० करोड १८ लाख ३० हजार ९४५ रुपैयाँबराबरको कारोबार भएको छ।
राताम्मे बनेको सेयर बजारमा आज २०६ कम्पनीका सेयर घटे। ४० वटा कम्पनीको सेयर मूल्य बढे। ५ कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा म्युचुअल फन्डबाहेक सबै समूहका सूचक राताम्मे बने।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीको पहिलो स्थानमा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड परेको छ। यसैगरी समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र विन्धवासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले सेयरमूल्य गुमाए। अर्थात् यी दुवै कम्पनीका सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
नेप्सेमा आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको कारोबार सर्वाधिक भएको छ। यसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १३०५ रुपैयाँमा रह्यो। यसको २० करोड ५४ लाख चार हजार ३६७ रुपैयाँको सेयर कारोबार भएको छ।