काठमाडौं। सरकारी कर्मचारी धम्क्याउने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। ‘जेन–जी’ आन्दोलनका नाममा उनले ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी निकायका प्रमुखलाई धम्क्याउने गरेका थिए।
उनका गतिविधिबारे निरन्तर गुनासो आउन थालेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ कोटेश्वरबाट नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा शाही वैदेशिक रोजगारी ठगी र बैंकिङ कसुरमा समेत संलग्न रहेको तथ्यबाहिर आएको प्रहरीले जनाएको छ।
उनी यसअघि पनि २०८२ वैशाख २८ गते उपत्यका अपराध अनुसन्धान कार्यालयद्वारा वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। अछामको पञ्चदेवल विनायक नगरपालिका ४ घर भएका २६ वर्षीय शाही ठगी र बैंकिङ कसुरको फरार अभियुक्तसमेत हुन्।
यो पनि पढ्नुहोस्,
जेन-जी आवरणमा धम्क्याउने अर्जुन शाहीमाथि मुद्दैमुद्दा, विदेश पठाइदिने भन्दै ठगी