काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। हिन्दी र पन्जाबी फिल्मका प्रसिद्ध अभिनेता पंकज धीरको मुम्बईमा निधन भएको छ।

१९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टीभी धारावाहिक ‘महाभारत’ मा कर्णको भूमिका निर्वाह गरेपछि जनतामाझ उनी लोकप्रिय बनेका थिए।

फिल्म र टीभी कलाकारहरूको संस्था सिन्टाका अध्यक्ष अमित बहलले उनको मृत्युको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरुमा समाचार छ।

संस्थाले उनको मृत्युमा समवेदना व्यक्त गरेको छ। ६८ वर्षीय पंकज विगत केही महिनादेखि बिरामी थिए। उनको मृत्युको कारण खुलाइएको छैन।