२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर हालसम्मकै उच्च दरमा पुगेको हो।

आज सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मको सबैभन्दा उच्च मूल्य हो। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ रहेको थियो।

यसैबीच, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।