काठमाडौँ। नेकपा एमालेमा प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलन गर्न प्रस्ताव गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटीमा प्रस्तुत गरेको राजनितिक प्रतिवदेनमा आन्दोलनको विकल्प नभएको उल्लेख छ।
‘सरकारको संरक्षणमा भइरहेको ज्यादती र उल्टो गतिका विरुद्ध एव विघटित संसद्को पुनःस्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष रहेको स्पष्ट पार्न चाहान्छौँ,’ प्रतिवदेनमा भनिएको छ, ‘तसर्थ जनपरिचालन तथा जनआन्दोलनका विभिन्न कार्यक्रमहरू तय गर्दै अघि बढ्न पार्टी पङ्क्ति, संविधान र लोकतन्त्र पक्षधर राजनीतिक दलहरू र आम नागरिकलाई आह्वान गर्दछौँ।’