२९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइ–योङले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सम्बन्ध र हितका पक्षमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।