२९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ।

ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन्। आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ । यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ ।

सुपर सिक्समा ३ खेलबाट ओमान र नेपालको समान ६ अंक छ। तर नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छन्।

समान २ अंक भएका यूएई तेस्रो र जापान चौथो स्थानमा छन्। विश्वकप छनोटका लागि यूएई र जापानबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ।