३० आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। झापाको गौरादह नगरपालिका ९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज (बिहीबार) दिउँसो तीन बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी ७ वर्षीया सुष्मा, ९ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् ।

माछा मार्ने क्रममा खोला डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।