काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ।
मंगलबारबाट सुरु भएको बैठक आज दिउँसो १ बजे पुनः केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका थिए। बैठकलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए ।
केन्द्रीय कार्य समिति बैठकले १५ औँ महाधिवशनबारे निर्णय गर्नेछ। कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधर नेताहरुले विशेष महाधिवेशनको माग गर्दै हिजो मात्रै कार्यवाहक सभापति खड्कालाई हस्ताक्षर बुझाएका छन्।