३० आश्विन २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

झापा। झापाको मेचीनगर नगरपालिका १५, नीलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज (बिहीबार) एकजनाको मृत्यु भएको छ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घरनजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा बेहोस भएका थिए ।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

खड्काका अनुसार घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको छ।