धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले ‘जेनजी’ आन्दोलनले उठाएको सुशासन, समृद्धि र जनतालाई सरल सेवा प्रवाहको माग सम्बोधन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।
पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकमीसँग जनकपुरमा आज (बिहीबार) कुरा गर्दै उनले सङ्घीयतालाई बलियो बनाउन गठबन्धन सरकार बनेको उल्लेख गरे । विगतका सरकारले गरेका राम्रा कामको निरन्तरता तथा नयाँ कामको थालनी गरिने मुख्यमन्त्री सोनारले प्रतिबद्धता जनाए।
उनले बाँकी सहयात्री दलहरूका तर्फबाट चाँडै अन्य मन्त्री नियुक्ति हुने पनि बताए।