३१ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले सगरमाथाको पहिलोपटक सफल आरोहण गरेका कान्छा शेर्पाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी शोक विज्ञप्तिमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पासँग पहिलोपटक सगरमाथा आरोहण गरेका शेर्पाको ९३ वर्षको उमेरमा निधन भएको जनाइएको हो ।

शेर्पाको निधनले एक अनुभवी र ऐतिहासिक घटनाका जीवित साक्षीको अवसानका साथै नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ । स्वर्गीय शेर्पा विश्वभरका आरोहीहरूका लागि प्रेरणाको स्रोत थिए ।

शेर्पाले नेपालको पर्यटन क्षेत्रमा पुराएका अतुलनीय योगदान पर्यटन क्षेत्रको इतिहासमा सदा स्मरणीय रहिरहने कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ । कांग्रेसले स्वर्गीय शेर्पाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।