काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोलामा ७ हजार १०० रुपैयाँ बढेर २ लाख ५८ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।