काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय च्यासलमा आयोजना हुने चियापान कार्यक्रममा सहभागी हुने भएका छन्।
एमाले सम्पर्क समन्वय कमिटीको आयोजनामा च्यासलमा चियापान कार्यक्रम तय गरिएको सचिव आरसी लामिछानेले जानकारी दिए।
उनका अनुसार कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ र त्यसमा अध्यक्ष ओली प्रमुख आतिथिको रूपमा सहभागी हुनेछन्।
आन्दोलनकारीले घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडफोड गरेका थिए ।