काठमाडौँ। चितवनको गाईघाट क्षेत्रमा आज (शनिबार) बिहान नारायणगढ–मुग्लिन सडकखण्डमा सात वटा सवारीसाधन आपसमा ठोकिँदा सात जना घाइते भएका छन्।
प्रहरीका अनुसार एउटा ट्रकले अचानक ब्रेक लगाउँदा त्यसको पछाडि आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।
घाइतेहरूको उद्धारकार्य जारी रहेको र उनीहरूलाई नजिकको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रक र एक गाडीको अगाडिको भागमा बढी क्षति पुगेको छ भने अन्य गाडीहरूमा सामान्य क्षति भएको बताइएको छ।
दुर्घटनाको थप विवरण आउन बाँकी छ।