काठमाडौं। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते जिल्ला अदालत दाङमा सम्भावित आगजनी र तोडफोड हुनबाट जोगाएकी प्रहरी हवल्दार संगीता अधिकारीलाई विशेष बढुवा गरिएको छ।
७०औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा अधिकारीको योगदानको कदर गर्दै सम्मान स्वरूप विशेष बढुवा गरिएको हो। उनलाई प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले दर्ज्यानी चिह्न लगाइदिए।
त्यस्तै आन्दोलनका क्रममा घाइते प्रहरी तथा सर्वसाधारणको उद्धारमा सक्रिय भूमिका निर्वाह गरेका काठमाडौँ महाराजगन्ज प्रहरी वृत्तका असई हेमबहादुर विकलाई पनि एक तह बढुवा गरिएको छ।