काठमाडौं। आज २०८२ साल कात्तिक १ गते शनिबार। कात्तिक कृष्ण पक्षको द्वादशी तिथि। धन त्रयोदशी व्रत । धनतेरस पर्वसमेत आजै परेको छ । तदनुसार सन् २०२५ अक्टोबर १८ तारिख। आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष: नाफामूलक व्यवसायभन्दा सेवा मूलक व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा दाजुभाइसँग सानो सानो कुरामा मनमुटाब बढ्नेछ । छोटो यात्राको तय गर्दै हुनुहुन्छ भने यात्रा गर्दा ध्यान दिनुहोला । भोजभतेर तथा खानपिनमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउन सक्छ ।
वृष: व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति सङ्ग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । पारिवारिक वातावरणमा रमाउँदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।
मिथुन: भौतिक बस्तुको प्रयोग गर्न पाइने तथा राम्रा पहिरनमा सजिएर अरूको मन लोभ्याउन सकिनेछ । तपाईँबाट राम्रा काम हुने हुनाले परिवार तथा साथीभाइहरू खुसी हुनेछन् । पढाइ लेखाइमा सुधार गरी नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ ।
कर्कट: खर्च बढेपनि उपलब्धि मूलक कामहरू हुनेछन् । लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरूका लागी दिन फलदायी रहनेछ । राजनीतिज्ञ तथा फिल्मी क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
सिंह: आर्थिक दृष्टिले दिन उत्तम रहेको छ भने अधुरा योजनाहरू पुरा हुनेछन् । व्यापार तथा पशुपालन व्यवसायबाट राम्रै लाभ हुनेछ । पढाइ लेखाइ उत्कृष्ट नतिजा हात लाग्ने हुँदा मन प्रसन्न हुनेछ । साँझपख आफन्त वा प्रिय मानिससँग टाढिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।
कन्या: व्यापारमा लगानी गर्नुभन्दा अगाडी आफन्त तथा अग्रजसँग सल्लाह गर्नुहोला समय मध्यम रहेको छ । सरकारी सेवामा बसेर सेवा प्रवाह गर्नेहरूले तपाईंको काम समयमा नगरी दिँदा महत्त्वपूर्ण अवसरबाट वञ्चित हुनु पर्ने अवस्था आउन सक्छ ख्याल गर्नुहोला ।
तुला: भाग्य तथा समयले साथ दिने हुँदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारी क्षेत्रमा रहेर जनताको काम गर्ने अवसर प्राप्त हुनेछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
वृश्चिक: नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।
धनु: आफन्त तथा प्रियपात्रबाट आर्थिक सहयोग पाइनेछ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । । व्यापारमा मन्दी आउने तथा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय मध्यम रहेको छ ।
मकर: आर्थिक अवस्था सुदृढ बनाउने चालिने कदमहरू स्वतः स्फूर्त रूपमा सकारात्मक दिशामा अगाडी बढ्नेछ । पढाइ लेखाइमा भनेजस्तो सफलता हात लाग्ने योग रहेको छ । विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ ।
कुम्भ: आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुँदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ । सवारी साधन तथा अटोपार्टस्को व्यापारबाट मनग्गे आम्दानी हुनेछ ।
मीन: सवारी साधन, पहिरन, खाद्यान्न तथा अन्य क्षेत्रको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । दिनदुखीको सेवामा आफूलाई समर्पित गर्न पाउँदा मन हर्षित हुनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।