काठमाडाैं। स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनालाई २-१ गोल अन्तरले पराजित गरेको छ।
खेलको १३औँ मिनेटमा गोल गर्दे बार्सिलोनाका पेड्रीले टोलीलाई अग्रता दिलाएका थिए। त्यसको लगत्तै, २० औं मिनेटमा जिरोनाका लागि एक्सल विटसेलले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।
लगातार प्रयासका बाबजुद दोस्रो हाफमा गोल गर्न नसकेको बार्सिलोनाका लागि निर्धारित समयपछि थपिएको चार मिनेटभित्र मुख्य डिफेन्डर आराऊहोले गोल गरे।
यस जितसँगै बार्सिलोनाले ९ खेलबाट २२ अंक जोड्दै लिग तालिकाको शीर्ष स्थानमा आफ्नो पकड बनाएको छ। जबकि रियल मड्रिड ८ खेलबाट २१ अंकसहित दोस्रो स्थानमा छ।