काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ।
गृहमन्त्री अर्यालले कार्यभार सम्हालेलगत्तै सहसचिव आनन्द काफ्लेको नेतृत्वमा केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरेका थिए। समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य र उपसचिव रवीन्द्र अधिकारी सदस्य–सचिव रहेका छन्।
समितिले तयार पारेको सुरक्षा योजना प्रत्येक जिल्लामा कार्यान्वयनका लागि पठाइनेछ। जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को नेतृत्वमा गठन हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन जिम्मेवारी लिनेछ।