काठमाडौँ। स्वास्थ्य सेवा विभागकी पूर्वमहानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले आइतबार दायर गरेको भ्रष्टाचार मुद्दाको अभियोगमा उल्लेख भएअनुसार विभागको म्यामोग्राफी मेसिन खरिद गर्दा १४ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको दाबी गरिएको छ।
विशेष अदालत काठमाडौँमा अख्तियारले मिश्रासहित स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, आपूर्ति व्यवस्थापन शाखा प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, निर्देशक डा. विवेककुमार लाल, तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सीता घिमिरे र वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक अधिकारी‚ स्वास्थ्य सेवा विभागका तत्कालीन लेखा अधिकृत शम्भुप्रसाद ढकाल, लेखापाल तिलकराम ढकाल, बायोमेडिकल इन्जिनियर आशिष चौहान, तत्कालीन बायोमेडिकल इन्जिनियर पद्मा मिश्र, केन्द्रीय स्टोर पथलैयाका जनस्वास्थ्य निरीक्षक सञ्जयकुमार साह र म्याक्सिम इन्कर्पोरेसन ट्रेडर्स प्रालि तथा उक्त कम्पनीका मुख्य व्यक्ति सुन्दर भुसाललाई विपक्षी बनाएको छ।
अख्तियारले दायर गरेको आरोपपत्र :