काठमाडौँ। प्रहरीलाई खोलैखोला लखेटेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा स्थायी घर भई काठमाडौं ३२ बस्दै आएका गौतम घिसिङ छन्।
भदौ २४ मा काठमाडौंको बानेश्वर क्षेत्रमा भएको झडपका क्रममा प्रहरीलाई लखेटेको आरोपमा पक्राउ परेका घिसिङ बैंकिङ कसुरसम्बन्धी मुद्दाका फरार अभियुक्तसमेत हुन्।
प्रहरीले त्यस दिनको भिडियो हेरेर अनुसन्धानका क्रममा उनलाई पक्राउ गरी ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको कसुरमा अनुसन्धान थालेको छ । अनुसन्धानका लागि घिसिङलाई आठ दिन हिरासतमा राख्न प्रहरीले अदालतबाट अनुमतिसमेत पाएको छ ।