सम्पादकसँग ओलीको अन्तर्क्रिया
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण हुनुअघिसम्म आफ्नो मोबाइल सेनाले ‘सिज’ गरेको बताएका छन्।
प्रेस चौतारी नेपाल ललितपुरमा आइतबार आयोजना गरेको सम्पादकहरुसँगको अन्तर्क्रियामा ओलीले सेनाले मोबाइल सिज गरेको थियो।
“राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र थिए,” ओलीले भने, “प्रधानमन्त्रीको शपथग्रहण अघिसम्म मैले मोबाइल लिन पाएको थिइनँ । मोबाइल सिज गरिएको थियो । त्यस कारण म २७ गते बेलुकीसम्म अलि कन्ट्याक्टमा रहिनँ।”