काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

क्रिकेट

शरदले हङकङ सिक्सेस प्रतियोगितासँगै अन्तर्राष्ट्रिय खेलबाट विश्राम लिँदै

२ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपालले शरद भेषवाकरको कप्तानीमा हङकङ सिक्सेस खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार उनको कप्तानीमा सात सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा उनीबाहेक गत वर्ष नेपालको कप्तानी गरेका सन्दीप जोरा, लोकेश बम र रशिद खानले टोलीमा निरन्तरता पाएका छन्। बसिर अहमद, आदिल आलम र रुपेश सिंह पहिलोपल्ट टोलीमा समेटिएका छन्।

३३ वर्षको इतिहास बोकेको हङकङ सिक्सेस नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा हुँदै छ। विश्वकै अनौठो प्रारूपमा खेलिने क्रिकेट प्रतियोगितामा नेपालले गत वर्ष सानदार प्रदर्शन गर्दै दोस्रो प्लेट सेमिफाइनलमा स्थान बनाएको थियो। तर, यूएईसँग पाँच विकेटले पराजित भयो।

त्यसअघि नेपालले इङ्ल्यान्डलाई ६ विकेट र अस्ट्रेलियालाई ११ रनले पराजित गरेको थियो। तर, सेमिफाइनल प्रवेशका लागि भएको खेलमा श्रीलंकासँग ४० रनले पराजित भएको थियो। त्यसपछि यूएईसँग दोस्रोपटक सेमिफाइनल खेलेको थियो।

नेपालका जोराले चार इनिङ्समा दुई अर्धशतकसहित १०८ रन बनाएका थिए। रशिदले ८८ र लोकेशले ७८ रनको योगदान दिएका थिए।

यसपल्ट नेपाल समूह ‘ए’ छ। यो समूहमा दक्षिण अफ्रिका र अफगानिस्तान पनि छ। प्रतियोगितामा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड, श्रीलंका, बंगलादेश र हङकङ (चीन) जस्ता टोली पनि सहभागी हुनेछन्। शरद यही प्रतियोगितासँगै अन्तर्राष्ट्रिय खेलबाट विश्राम लिँदै छन्।