काठमाडौँ। आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार भएको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार घटेर तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ पुगेको छ।
शुक्रबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
त्यसैगरी, शुक्रबार तोलामा तीन हजार तीन सय पचास रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर तीन हजार दुई सय पचहत्तर रुपैयाँमा झरेको महासंघले जनाएको छ।