३ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

गाईघाट। उदयपुरको कटारी नगरपालिका ४ स्थित मदन भण्डारीमार्गको ककरु खोलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक छ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुनेमा कटारी ४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्। दुर्घटनामा घाइते हुनेमा कटारीकै १८ वर्षीय राजमणि कटुवाल छन्।

गएराति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२-०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खोलानजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईं जानकारी दिए।

मोटरसाइकल चालक खड्का र पछाडि बसेका कटवाल दुवैको अवस्था सिकिस्त भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको मृत्यु भएको हो। कटवाललाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा पठाइएको छ।