काठमाडौं। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो विमान रनवेबाट चिप्लिएर समुद्रमा खसेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार ,दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवै जना विमानस्थलका ग्राउन्ड स्टाफ थिए।
एमिरेट्सको उडान नम्बर ईके९७८८ (एरोट्रान्सकार्गो) दुबईबाट स्थानीय समयअनुसार बिहान करिब ०३:५० बजे अवतरण गर्ने क्रममा उत्तरी धावनमार्गमा एउटा गाडीमा ठोक्किएको थियो।
विमान उनीहरू सवार सवारी साधनमा ठोक्किँदा समुद्रमा खसेको थियो । विमान पनि चिप्लिएर समुद्रमा खसेको बीबीसीमा समाचार छ ।
विमानमा सवार चालक दलका चारै सदस्य भने जीवित छन् र उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।