काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालको सचिवालयबाट छोरी गंगा दाहालले राजीनामा दिएकी छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूलाई देखाएर निरन्तर बुवा तथा पार्टी अध्यक्ष र सिंगो पार्टीविरुद्ध प्रहार भएका कारण राजीनामा दिएको उनले बताएकी छन्।
‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु,’ उनले लेखेकी छन्।
दाहालले सचिवालयबाट पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जानकारी दिइन्। पछिल्लो समयमा विभिन्न सञ्चारमाध्यममा आफूविरूद्ध भ्रामक समाचार आएको भन्दै उनले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि बताएकी छन्।