काठमाडौँ। तिहारका अवसरमा सेल पकाउने प्रतियोगिता (कम्पिटिसन) गरिएको छ। प्रतियोगिताको एक कार्यक्रमका बीच सेफ गोविन्दनरसिंह केसीले उद्घाटन गरे।
प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए। नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा नौ प्रतियोगीले सहभागिता जनाएका थिए।
उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय-समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए। सेफहरूले देउसीसमेत खेलेका थिए।
देउसीमार्फत उनीहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गरेका थिए। अक्टोबर २० अर्थात् आज अन्तर्राष्ट्रिय सेफ दिवससमेत मनाइएको छ।