काठमाडौँ
००:००:००
२७ कार्तिक २०८२, बिहीबार

३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सयले बढेर २ लाख ५३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार २८० रुपैयाँ तय भएको हो।