काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ। दयाहाङ राई र विजय बराल स्टारर सिनेमाको अग्रिम बुकिङ खुला भएको हो।

मल्टिप्लेक्ससहित हलमा चलचित्रले राम्रो शो पाएको छ। नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भिडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ।

अग्रिम बुकिङ पनि देखिन थालेको छ। “धेरै चलचित्र रहेकाले सोहीअनुसारको शो हाम्रो चलचित्रले पाएको छ,” निर्देशक सुरेन्द्र पौडेलले भने, “रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकि हामीले राम्रो चलचित्र बनाएका छौँ।” ट्रेलर र ‘न्यौली वनैमा’ गीत दर्शकले रुचाएकाले पनि चलचित्र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्। कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदै छ।

‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका छ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदीप ढकाल, प्रमोद अग्रहरि, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनील तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन्। चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।