फोटो फिचर
जलेको घर अवलोकनपछि ओली भन्छन्- आगजनी भइसकेको विषय अब सम्झेर बस्न चाहँदैन
काठमाडौं। जेनजी आन्दोलनका क्रममा भदौ २४ मा आगजनी भएको भक्तपुरको बालकोटस्थित आफ्नो निवास अवलोकन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक पुगेका छन् ।
पत्नी राधिका शाक्य र एमालेका कार्यकर्ताहरुसँगै बालकोट पुगेका ओलीले घरभित्रका कोठामा पुगेर अवलोकन गरे। शाक्य भने असोज ४ गते पनि खण्डहर बनेको घर हेर्न पुगेकी थिइन्।
ओलीले आगजनी भइसकेको विषय अब सम्झेर बस्न नचाहेको बताए । उनले यसबाट अब आफू अगाडि बढ्ने प्रतिक्रिया दिए। ओलीले आन्दोलनका क्रममा जो जसको घर जलेको छ सबैप्रति आफ्नो सहानुभूति रहेको पनि बताए ।
आफूहरुले आफ्नो निवासको जग्गासहित घर राज्यलाई दिइसकेको अवस्थामा राज्यको सम्पत्ति जलेको ओलीको भनाइ छ। अहिले उनी भक्तपुरकै गुन्डुमा भाडाको घरमा बसिरहेका छन्।
हेर्नुहोस् थप तस्बिर :
