५ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौं। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका ५, थलीको भीमबारी टोलमा बाबुले छोराबुहारीमाथि खुकुरी प्रहार गरेका छन्।

५३ वर्षीय विष्णु उप्रेतीले बिहीबार बिहान छोराबुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। खुकुरी प्रहारबाट छोरा रुबिस उप्रेती र बुहारी मनिता भण्डारी घाइते भएको परिसर प्रवक्ता (प्रहरी उपरीक्षक) पवनकुमार भट्टराईले जानकारी दिए।

घरायसी विवादका क्रममा बाबुले छोराबुहारीलाई खुकुरी प्रहार गरेको उनले बताए। “के कस्तो विवाद भन्ने पूरा विवरण आइसकेको छैन,” भट्टराईले भने, “उप्रेतीलाई गोकर्ण प्रभागको हिरासतमा राखेर अनुसन्धान थालिएको छ।” खुकुरी प्रहारबाट रुबिसको हात र खुट्टा, बुहारी मनिताको कुममा चोट लागेको छ। उनीहरू अमेरिकाबाट दसैं-तिहार मान्न काठमाडौं आएका थिए।