काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

५ कार्तिक २०८२
अ+
अ-

जनकपुरधाम। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्।

जनकपुरधाममा बुधवार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै उने समाजवादी मोर्चामा रहेका राजनीतिक दलहरू एकता प्रक्रियामा अग्रसर रहेको उल्लेख गरे।

उनका अनुसार दलहरूसँग हिजो भएको छलफलबाट सरकार निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिए पनि आवश्यक वातावरण अझै बनेको छैन।

प्रचण्डले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले निर्वाचन घोषणा गरिसकेकाले सबै दलहरू अब निर्वाचनमा केन्द्रित हुनुपर्ने उल्लेख गरे।

वामपन्थी एकता र ध्रुवीकरणबारे कुरा गर्दै उनले समाजवादी मोर्चाभित्रका दलबीच एकता प्रक्रिया क्रमशः अघि बढिरहेको जानकारी दिए।