काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

५ कार्तिक २०८२
अ+
अ-

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४, पश्चिम लच्का नजिक बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको छ।

काठमाडौंबाट चन्द्रपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको बसमा बिहान करिब ७:२० बजे अचानक आगो लागेको थियो।

बसको ब्रेक जाम भएर तार सर्ट भएपछि गाडी एक्कासी रोकिएको थियो। बस रोकिनासाथ यात्रुहरू सबै बाहिर निस्केकाले कुनै पनि मानवीय क्षति हुन पाएन।

स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिइएको थियो।

बसमा आगो लाग्दा केही समय पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनसमेत रोकिएको थियो।