काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

५ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सरकार २१ फागुनमा चुनाव गराउन कटिबद्ध रहेको बताइन्।

नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन्।

नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत भनेकी छिन्।

उनले चुनावका लागि सबै राजनीतिक दल, वर्ग, समूहको साथ र सहयोग रहनेमा आफू विश्वस्त रहेको पनि बताएकी छन्।

उनले सोही आन्दोलनको बलमा बनेको यस नागरिक सरकारसँग नेपालको संविधानको अधीनमा रही जेन–जी आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको बताइन्। उनले यस कार्यका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका रहने भन्दै सबैलाई सहकार्यका लागि आग्रहसमेत गरिन्।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको जिकिर गरिन्। उनले यसका प्रवर्तक शंखधर साःख्वा एक व्यापारी मात्र नभई समाजसेवी र लोककल्याणकारी व्यक्तित्व भएको बताइन्।

नेपाल संवत्को संवर्द्धन, प्रवर्द्धन र व्यावहारिक कार्यान्वयनका लागि नागरिकको सुझावअनुसार थप कदम चाल्न पनि सरकार तयार रहेको उनले उल्लेख गरिन्। नेपाल संवत् नेपाली धर्तीमा उत्पत्ति भएको र नेपाली जनताले यसको प्रादुर्भाव गरेकाले यो नेपाली राष्ट्रियता, मौलिकता एवम् सामाजिक इतिहासको महत्वपूर्ण धरोहर भएको उनले जिकिर गरिन्।