काठमाडौं। अभिनेता निश्चल बस्नेतले आफूले जेन-जी आन्दोलनका क्रममा ढुंगा हानेको र आगजनी गरेको आरोपको खण्डन गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार उनले आफूविरुद्ध भ्रमपूर्ण प्रचार भएको दाबी गरेका छन् । ‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिए कि रोक्दै थिएँ, स्पष्ट हुन्छ, त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु।’
उनले आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा स्वीकार गर्दै भनेका छन्, ‘म आन्दोलनमा गएको हो । भ्रष्टाचारको विरोध गरेको हो । मसँग फोटो र भिडियो खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’