५ कार्तिक २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

संखुवासभा। संखुवासभामा एकजनाको हत्या भएको छ। खाँदबारी नगरपालिका-९ का ५५ वर्षीय कर्णबहादुर कुमालको मंगलबार साँझ हत्या भएको हो।

सोही ठाउँका २६ वर्षीय विक्रम कुमालले कर्णबहादुरको खुकुरी प्रहार गरी हत्या गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कुमाललाई प्रहरीले मंगलबार साँझ नै पक्राउ गरेको छ।

आफ्नो घरनजिकै आएका कर्णलाई पुरानो रिसइबीको कारण आवेशमा आएर खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाबारेमा जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा र विमानस्थल सुरक्षा गार्ड तुम्लिङटारबाट खटिएको प्रहरी टोलीले विक्रमलाई खुकुरीसहित पक्राउ गरेको थियो। मृतकको शव पोस्टमोर्टमको लागि जिल्ला अस्पताल खाँदबारी संखुवासभा पठाइएको छ।

पक्राउ परेका कर्णलाई हिरासतमा राखेर कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।