काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। राष्ट्रिय स्वत्नत्र पार्टी रास्वपाले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा पाँच बुँदे सुझाव प्रस्तुत गरेको छ।

बैठकमा सहभागि पार्टी उपसभापति स्वर्णीम वाग्लेले बुधबार बिहान सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार रास्वपाले फागुन २१ को चुनाव र अहिलेको समग्र अवस्थाबारे आफ्नो पाँचबुँदे अवधारणा प्रस्तुत गरेको हो।

वाग्लेले दिएको जानकारी अनुसार पार्टीले लुकाइएका र दबाइएका दर्जनौं भ्रष्टाचार मुद्दाविरूद्ध कदम चाल्दा लहड नभइ विधि र संस्थाको सहारा लिनुपर्ने सुझाव दिएको छ।

‘तर ‘चुनाव भाँडिन्छ’ भन्ने कुतर्क पुराना दलले गर्न नहुने। सरकारले दह्रो खुट्टा टेक्नुपर्ने। वर्तमान अर्थमन्त्रीकै पहलमा बनेको ‘आर्थिक सुधार–सुझाव प्रतिवेदन’ का ४७८ वटा सिफारिसको बहुसंख्यक कार्यान्वयन, र सार्वजनिक खरिद एवं ठेक्कापट्टाका विकृति बढार्दै भौतिक पूर्वाधारका नयाँ मानक ‘अपरिवर्तनीय सुधार’ का रूपमा स्थापित हुनपर्ने‚’ वाग्लेले सञ्जालमा लेखेका छन्।

यस्तै रास्वपाले सरकारलाई निष्पक्ष, भयरहित निर्वाचनका लागि राष्ट्रसंघ एवं मित्रराष्ट्रहरूको पर्यवेक्षकीय भूमिका सुनिश्चित गर्नुपर्ने धारणा राखेको छ।

‘विदेशमा रहेका नेपालीहरूको मतदानका लागि सार्थक कूटनीतिक–प्राविधिक पहल, डायस्पोराको घनत्व भएको स्थानमा न्यूनतम ‘पाइलट’ को ग्यारेन्टी। परिपक्व परराष्ट्रमन्त्री वा एम्बेसडर–एट–लार्जको अविलम्ब नियुक्ति गर्नुपर्ने‚’ वाग्लेले लेखेका छन्।