५ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। चाबहिल चोकमा ट्राफिक लाइट जडान गरिएको छ। जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले फुटाइएको ट्राफिक लाइट बुधबार जडान गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीले जडान गरिएको लाइट उद्घाटन गरे।

चाबहिल चोक अत्यधिक सवारीसाधनको चाप हुने ठाउँ हो। त्यहाँ तीन तर्फबाट जम्मा भएका सवारीसाधनको चाप हुन्छ। ट्राफिक लाइट फुटाइएपछि ट्राफिक व्यवस्थापन कठिन बन्दै आएको थियो।

उद्घाटन गर्दै कार्कीले आन्दोलनका क्रममा नष्ट गरिएका ट्राफिक व्यवस्थापनका सामग्रीहरू क्रमिक रूपमा जुट्दै गइरहेको बताए।

जेन-जी आन्दोलनमा उपत्यकाका ७२ वटा ट्राफिक बत्तीमध्ये ६३ वटा फुटाइएको थियो। जसमध्ये हाल २८ वटा जडान भइसकेको छ।