काठमाडौं। एडिलेड एकदिवसीयमा अस्ट्रेलियाले भारतलाई दुई विकेटले पराजित गरेको छ। योसँगै अस्ट्रेलियाले तीन खेलको एकदिवसीय शृंखला २-० ले जित्यो।
पहिले ब्याटिङ गर्दै भारतीय टोलीले अस्ट्रेलियालाई २६५ रनको लक्ष्य दिएको थियो, जसलाई अस्ट्रेलियाले ४६.२ ओभरमा आठ विकेट गुमाउँदै पूरा गर्यो।
अस्ट्रेलियाका लागि म्याट सर्टले सर्वाधिक ७४ रन बनाए। कूपर कोनेलीले ६१, मिचेल ओवेनले ३६ र म्याट रेनशाले ३० रन बनाए।
भारतका लागि वासिंटन सुन्दर र हर्षित राणाले दुई-दुई विकेट लिए। अर्शदीप सिंह र अक्षर पटेलले एक-एक विकेट लिए।
पहिले ब्याटिङ गर्दै भारतीय टोलीले नौ विकेट गुमाउँदै २६४ रन बनायो। रोहित शर्माले सर्वाधिक ७३ रन बनाए। श्रेयश अय्यरले ६१, अक्षर पटेलले ४४ र हर्षित राणाले २४ रन बनाए। तेस्रो तथा अन्तिम एकदिवसीय खेल अक्टोबर २५ मा सिड्नी क्रिकेट मैदानमा खेलिनेछ।