६ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। युइएफए च्याम्पियन्स लिग फुटबल अन्र्गत गएराति भएको खेलमा चेल्सी विजयी भएका छन्।

चेल्सीले अजाक्समाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।  लन्डनस्थित स्टामफोर्ड ब्रिजमा भएको खेलको १७औं मिनेटमै अजाक्सका कप्तान केनेथ टेलर रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो। जसपछि खेलको रफ्तार पूर्ण रूपमा घरेलु टोलीको पक्षमा गएको थियो।

चेल्सीका लागि मार्क गुइउ, मोइसेस काइसेडो, एन्जो फर्नान्डेज, एस्टेभाओ र टायरक जर्जले गोल गर्दै टोलीलाई सानदार जित दिलाए। अजाक्सका लागि भने वाउट वेघोर्स्टले ३३औं मिनेटमा पेनाल्टीमार्फत एक मात्र सान्त्वना गोल फर्काए।