काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

६ कार्तिक २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपालले सेन्ट्रल एसिया भलिबल संघ (काभा) कप पुरुष भलिबल प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ।

ढाकास्थित इन्डोर हलमा बिहीबार भएको रोमाञ्चक खेलमा बंगलादेशसँग नेपाल ३-२ को सेटमा पराजित भयो।

लगातार दोस्रो जितसँगै बंगलादेशले दुई खेलमा पाँच अंक जोडेको छ। नेपालको समान खेलबाट एक अंक छ।

सुरुआती दुई सेट २३-२५, २०-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२३, २५-१६ ले आफ्नो पक्षमा पारेको थियो।

पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १४-१६ ले पछि पर्‍यो। पहिलो खेलमा नेपाल तुर्किमिनिस्तानसँग ३-० को सोझो सेटाम पराजित भएको थियो। नेपालले अब माल्दिभ्ससँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ।