६ कार्तिक २०८२
अ+
अ-

तनहुँ। तिहारको अवसरमा तनहुँ कारागारका कैदीबन्दीहरूलाई दिदीबहिनीको हातबाट भाइटीका लगाउने अवसर प्रदान गरिएको छ।

कारागार प्रशासनका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाउने व्यवस्था मिलाइएको कारागार प्रशासनले जनाएको छ। यो पहलले चाडपर्वमा पनि कैदीबन्दीहरूको मनोबल उच्च राख्ने र उनीहरूलाई पारिवारिक वातावरणको अनुभूति गराउने उद्देश्य राखिएको छ।

तनहुँ कारागारका जेलर टेकप्रसाद भट्टराईका अनुसार हाल कारागारमा २५० जना कैदीबन्दी रहेका छन्। जसमा १७ जना महिला र २३३ जना पुरुष छन्।

उनले महिला र पुरुष दुवै समूहलाई भाइटीका लगाउने र लाउने अनुमति प्रदान गरिएको जानकारी दिए। यसअघि दशैंका समयमा पनि कैदीबन्दीहरूलाई आफन्तजनबाट टीका लगाउने अवसर दिइएको थियो।